चितवन । प्रसिद्ध ज्योतिष, पण्डित, गीतकार तथा समाजसेवी डा.रुद्रनाथ अधिकारीले पूर्वी चितवनको विकट इच्छाकामना गाउँपालिका–२, तेर्से, मायाटारको चेपाङ बस्तीमा दशैंको अवसरमा राहत वितरण गरेका छन् ।
विपन्न निमुखा दुई सय जना चेपाङहरुलाई चामल, चिउरा र न्यानो कपडा, ओढ्नको लागि कम्बल वितरण गरेका हुन् । पूर्वी चितवन रोटरी क्लबको समन्वयमा डा.अधिकारीकी धर्मपत्नी लक्ष्मी अधिकारीसहितको टोलीले राहत वितरण गरेको हो ।
लामो समयदेखि स्वदेश तथा विदेशमा ज्योतिषिय, कर्मकाण्ड, ध्यान योग र तन्त्रमा प्रसिद्धि कमाएका डा अधिकारीले दशैंमा दुःख, पीडा र निराशा नहोस भनेर राहत लिएर पुगेको बताए ।
पूर्वीचितवन रोटरी क्लबका अध्यक्ष गुणबहादुर अर्याल, संस्थापक अध्यक्ष तथा स्थानीय समाजसेवी राममणि न्यौपाने, पूर्वअध्यक्ष परमात सेढाईलगायतले राहत वितरणमा सहजीकरण गरेका थिए । विन्दु सिंजाली थापा मगरले संचालन गरेको कार्यक्रममा डा.अधिकारीले अत्ति विपन्न परिवारलाई यस्तो सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
डा.अधिकारी भन्छन्,‘मैंले चितवन जस्तो विकसित र शिक्षित जिल्लामा पनि यति धेरै विकट ठाउँ, चरम गरिबी, अशिक्षा अनि भोकमरी होला भन्ने सोचेको थिइन् । यो कल्पना भन्दा बाहिर थियो, जहाँको भौगोलिक विकटता, न्यूनतम आधारभूत आवश्यक्ताहरु अभावका साथसाथै चेतनाको स्तर समेत आजको २१औं शताब्दीमा यस्तो शुन्य अवस्था देख्दा मुटु, धड्कन र मस्तिष्क नै ठप्प भएर रोकिएको अनुभव भएको छ ।’
डा.अधिकारी कुशल गीतकार, समाजसेवी, लेखक एवं विश्लेषक पनि पनि हुन् । राहत वितरणपछि उनले
राम मणि न्यौपाने, स्थानीय आमा समूह, सुरक्षा निकाय, समाजसेवी तथा २ नं का वडा सदस्य एक बहादुर गुरुङ तथा टोल सुधार समितिका अध्यक्ष सुक बहादुर गुरुङलाई धन्यवाद दिएका छन् ।
प्रतिक्रिया