Logo

अर्थ

०.१७ प्रतिशतले बढ्यो आयात, सरकारले उठायो साढे १ खर्ब राजस्व



काठमाडौं । चालु आर्थिक वर्ष २०८१र०८२ को कात्तिक महिनासम्ममा नेपालमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख ३९ हजार रुपैयाँको आयात भएको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा ०.१७ प्रतिशतले बढी आयात भएको हो । गत आवको सोही अवधिमा नेपाल ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख ७४ हजार रुपैयाँको आयात भएको थियो ।

चालु आवको ४ महिनामा ५२ अर्ब ६७ करोड ७ लाख १० हजार रुपैयाँ बराबरको निर्यात भएको छ भने यो गत आवको सोही अवधिको तुलनामा ४।१६ प्रतिशतले बढी निर्यात भएको हो । अघिल्लो वर्षको सोही अवधिमा नेपालबाट ५० अर्ब ५६ करोड ५३ लाख ८१ हजार रुपैयाँको निर्यात भएको थियो ।

४ महिनामा व्यापार घाटा ०.२६ प्रतिशतले घटेर ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख २८ हजार रुपैयाँ भएको छ । त्यस्तै, ४ महिनामा नेपालको कुल विदेशी व्यापार ५ खर्ब ६६ अर्ब ५ करोड ८७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

आयातबाट नेपाल सरकारले १ खर्ब ४५ अर्ब ८४ करोड ८४ लाख ८३ हजार राजस्व संकलन गरेको छ । चालु वर्षको कात्तिक महिनामा सबैभन्दा धेरै आयात हुने वस्तुहरुमा पेट्रोल, डिजेल, ग्याँस रहेको छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ४ : ०४ बजे