Logo

मुख्य समाचार

राष्ट्रिय निकुञ्जहरुको अवलोकन गर्ने तयारीमा प्रत्यायोजित विधायन समिति


११ आश्विन २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले राष्ट्रिय निकुञ्जहरुको अवलोकन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार संघीय संसद सचिवालय, सिंहदरबारमा बसेको समितिको बैठकमा उनले चितवन राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्‍ज, शुक्लाफाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्‍जको अवलोकन गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘हामी नगइ नहुने एउटा चितवन राष्ट्रिय निकुञ्ज छ । जहाँ धेरै कुराहरु उठिरहेका छन् । सकभर चितवन र बागमतीको एउटा कार्यक्रम राखेर मकवानपुर र चितवन गएर प्रत्यायोजित विधायनसँग सम्बन्धित विषय र  निकुञ्जसँग सम्बन्धित विषयहरु एकैपटक सांसदसँग र त्यहाँको जनसमुदायसँग गर्नेगरी अवलोकन गर्नुपर्नेछ ।’

साथै उनले सुझाव सल्लाह दिन समितिका सदस्यहरुलाई  आग्रह गरेका छन् । उनले राम्रो कामको मात्र नभइ नराम्रो काम भइरहँदा सदस्यहरुको सुझावले सच्याउन मिल्ने बताए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ५ : ०५ बजे