Logo

कर्पोरेट

सिद्धाथ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले ग¥यो यस वर्षको प्रतिफल वितरण



काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिद्धाथ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले यस वर्षको प्रतिफल वितरण गरेको छ । योजनाले गत आर्थिक वर्ष ०८०/८१ को लागि कर समेत ७ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो । 

प्रतिफल इकाईधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर अद्यावधिक नगराएकाहरुलाई यथासिघ्र गराउन पनि योजना व्यवस्थापकले भनेको छ । 

प्रतिफल प्रयोजनका लागि योजनाले भदौ २३ गते एक दिन बुक क्लोज गरेको थियो । भदौ २२ गतेसम्म कायम इकाईधनीहरूका लागि असोज ७ गतेदेखि प्रतिफल वितरण गर्न सुरु गरिएको जानकारी योजना व्यवस्थापकले दिएको छ ।

आफ्नो इकाई धितो राखेर कर्जा उपयोग गरेका इकाईधनीहरूले प्रतिफल प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट प्राप्त फुकुवा पत्र अनिवार्य पेश भएपछि मात्र प्रतिफल जम्मा गरिने भनाई समेत कम्पनीको छ ।
 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १२ : ४६ बजे