Logo

मुख्य समाचार

डेडिकेटेड ट्रंक लाइनको वक्यौता उठाउन माग गर्दै सर्वोच्चमा मुद्दा



काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापतको वक्यौता रकम तत्काल असुल गर्नुपर्ने मागसहित अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् ।

आइतबार अधिवक्ता न्यौपानेले डेडिकेटेड र ट्रंक लाइन बापतको २२ अर्ब बक्याैता असुल गनुपर्ने मागसहित सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन् ।

मुद्दा दर्तापछि सर्वोच्चमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अधिवक्ता यज्ञमणि  न्यौपानेले २२ अर्ब नेपाल विधुत्त प्राधिकरणको पैसा सत्तामा बसेकाहरुले तिर्नुपर्दैन भनेर  ट्रंक  लाइन र डेडिकेटेडमा राजनीति गर्न खोजेको आरोप लगाए । निर्देशक कुलमान घिसिङले प्राधिकरणको क्षेत्रमा गरेको विकासको विरुद्धमा नै सरकार लागेको उनको आरोप छ ।

उनले  भने,  ‘२२ अर्ब नेपाल विद्युत प्राधिकरणको पैसा सत्तामा बसेकाहरुले तिर्नु पर्दैन भनेर ट्रंक लाइन र डेडिकेटेडमा राजनीति गरे । कुलमानले विद्युत प्राधिकरणलाई जुन अवस्थामा पु¥याएको छ त्यसको विरुद्धमा लाग्न थाले ।’

अधिवक्ता यज्ञमणि  न्यौपानेले देश अप्ठ्यारोमा परेको बेला न्यायलयको ढोका ढकढक्याउनुको विकल्प नहुने भन्दै प्राधिकरण पनि विकल्पहिन अवस्थामा पुगे पश्चात न्यायलयको ढोका ढकढक्याउन आइपुगेको बताए ।

उनले भने,‘जब देश अप्ठ्यारोमा पर्छ तब न्यायलयको ढोका ढकढक्याउनुको विकल्प अरु भएन । विकल्पहिन अवस्थामा पुगेपश्चात न्यायलयको ढोका ढकढक्याउन आइपुगेका हौं ।’

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १ : २१ बजे