Logo

मनोरञ्जन

गायिका गीता पाण्डेको ‘चाहेको बाटो’ गीत सार्वजनिक



काठमाडौं । गायिका गीता पाण्डेले  स्वराङकन गरेको ‘चाहेको बाटो’ गीत सार्वजनिक भएको छ। वरिष्ठ गीतकार भैरब नाथ रिमाल ‘कदम’को शब्दमा शुभ बहादुर सुनामको संगीत,देवेन्द्र नेवाको संगीत संयोजन साथै गायिका गीता पाण्डेको स्वराङकन रहेको छ।

वरिष्ठ गीतकार कदमले लेखेको ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ लगायत गीत चर्चित छन् । वरिष्ठ संगीतकार सुनाम ५५ वर्षदेखि सुनाम नेपाली संगीतमा सक्रिय थिए । स्याक्सोफोनमा उनको विशेष दख्खल थियो । उनले अघिल्लो पुस्ताका नारायण गोपाल, तारा देवी, प्रेमध्वाज प्रधानदेखि अहिलेका नयाँ पुस्ताका गायिका  गीता पाण्डे लगायतसँग काम गरेका सफल गीतकार, रचनाकार र एरेन्जर पनि हुन् ।

‘चाहेको बाटो’ गीतलाई म्युजिक भिडियोमा उतारिएको छ । म्युजिक भिडियोलाई पूजा ठकुरीले निर्देशन साथै एडीट साङ्ग्रिला क्रिएसनले गरेका छन् । गायिका गीता पाण्डे र दिनेश कडायतले गीतमा अभिनय गरेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १२ : ३२ बजे