Logo

धर्म / संस्कृति

विश्व हिन्दु महासंघले हिन्दु अधिराज्य पुनस्थापनाका लागि दवाबमूलक र्याली निकाल्दै



काठमाडौं । विश्व हिन्दु महासंघले यही भाद्र २८ गते (शुक्रबार) सरकारलाई संविधान संशोधन गरी हिन्दु अधिराज्य पुनस्थापनाका लागि दबाब दिनका लागि र्याली निकाल्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रका सम्मेलनको आयोजना गरी हाल देशमा बढ्दो राजनीतिक अराजकताको कारणले गर्दा स्थायी शान्ति कायम हुन नसकेको भन्दै सरकारलाई हिन्दु अधिराज्य पुनस्थापनाका लागि दबाब दिन शुक्रबार माइतीघरमा र्याली निकाल्न लागेको संघकी कार्यबाहक अध्यक्ष अस्मिता भण्डारीले जानकारी दिइन् ।

उनले भननिन् ,‘हाल देशमा बढ्दो राजनीतिक अराजकताको कारणले गर्दा स्थायी शान्ति कायम हुन सकेन । अहिले देशमा धार्मिक-सांस्कृतिक अतिक्रमणका समस्याहरू गम्भीर रुपमा बढेर गएका छन् । हालै बनेको सरकारको प्रमुख मुद्दा नै दुई ठूला पार्टीहरू मिलेर संविधान संशोधन गर्ने रहेको छ । यसै सन्दर्भमा विश्व हिन्दु महासंघले एक धार्मिक ऱ्यालिको आयोजना गरी हिन्दु ॐकार परिवार एकजुट भई नेपाल सरकारको ध्यानाकर्षण गराई संविधान संशोधन गरी हिन्दु अधिराज्य पुनस्थापनाका लागि दबाब दिने निणर्य गरेका छौ ।’

संविधान जारी हुँदा देखि नै विश्व हिन्दु महासंघले धर्म निरपेक्ष संविधानको चर्को विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ४ : ३४ बजे