Logo

मुख्य समाचार

कांग्रेसलाई सांसद झाको प्रश्न : भुटानी शरणार्थी बनाउँदा नेपालको शिर किन झुकेन ? 



काठमाडौँ । रास्वपा सांसद मनिष झाले उपसभामुखको पत्रलाई राजनीतिक दलहरूले वार्गेनिङ प्वाइन्ट बनाएको भन्दै आपत्ति जनाएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपाली कांग्रेसले उपसभामुखको कारण नेपालीको शिर झुकेको भन्ने अभिव्यक्तिमा आपत्ति जनाएका हुन् । 

उनले भने, ‘उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो । १९ महिनापछि वार्गेनिङको लेटर प्वाइन्ट बनाइँदैछ‚ नेपाली कांग्रेसले शिर झुक्यो भनेछ । नेपालको शिर त्यसबेला किन झुकेन भुटानी शरणार्थी बनाउँदा ?  जब एउटा मन्त्रीले ट्याक्स नतिर्दा किन झुकेन शिर ?’

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १ : ५१ बजे