Logo

समाचार

साउन महिनाको तुलनामा आकासियो तरकारिको भाउ, हेरौँ कुन-कुन तरकारि कतिमा बिक्रि भइरहेका छन् :



काठमाडौं । अघिल्लो महिनाको तुलनामा यो महिना तरकारिको मूल्यमा वृद्धि भएको छ । साउन महिनाको तुलनामा यो महिना केहितरकारिको मूल्य घटेता पनि अधिकांश तरकारिको मूल्य वृद्धि भएको छ ।

कालिमाटि फलफूल तथा तरकारि बजारको अनुसार भदौ महिनामा करेलाका मूल्य बढेको छ । अघिल्लो महिना प्रति के.जि ३५ रुपैयाँमा कारोबार भएको तितो करेलामा प्रति के.जि ६० रुपैयाँ वृद्धि भई ९५ रुपैया कायम भएको हो ।

कालिमाटि फलफूल तथा तरकारि बजारको अनुसार भदौ महिनामा प्याजको मूल्यमा वृद्धि भएको हो । त्यस्तै प्याजमा मात्रै मल्य वृद्धि नभएर स्थानिय काउलिमा पनि मूल्य वृद्धि भएको छ । यो महिना स्थानिय काउलि के.जि मा ३३.३३ रुपैयाँले वृद्धि भएर प्रति के.जि एक सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

मकै बोडिको मूल्य साउन महिनाको तुलनामा यो महिना प्रति के.जि १३.३३ रुपैयाँले वृद्धि भएको कालिमाटि फलफूल तथा तरकारि बजारको मूल्य तालिकामा उल्लेख रहेको छ । साउन महिनामा मकै बोडि प्रति के.जि ७६.६७ रुपैयाँमा कारोबार भएको थियो भने यो महिना मकै बोडि प्रति के.जि ९० रुपैयाँमा कारोबार भईरहेको छ ।

साउन महिनामा लोकल घिउ सिमि प्रति के.जि ६८ रुपैयाँमा कारोबार भएको थियो भने यो महिना प्रति के.जि १७ रुपैयाँले वृद्धि भएर प्रति के.जि ८५ रुपैयाँ कायम भई कारोबार भईरहेको छ ।

अघिल्लो महिनाको तुलनामा यो महिना हाइब्रीड घिउ सिमिको पनि मूल्ःय वृद्धि भएको छ । अघिल्लो महिना प्रति के.जि ७० रुपैयाँमा कारोबार भएको हाइब्रीड घिउ सिमि यो महिना प्रति के.जि ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

भटमास कोशा पनि अघिल्लो महिना प्रति के.जि ८५ रुपैयाँमा कारोबार भएकोमा यो महिना एक सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो महिनाको तुलनामा यो महिना भटमास कोशाको मूल्यमा प्रति के.जि ७० रुपैयाँले वृद्धि भएको हो ।

लौकामा पनि साउन महिनाको तुलनामा यो महिना प्रति के.जि ९ रुपैयाँले मूल्य वृद्धि भएर प्रति के.जि लौका यो महिना ५५ रुपैयाँ कायम भएको हो । साउन महिनामा प्रति के.जि ९६.६७ रुपैयाँमा बिक्रि भएको रायोको साग भाद्रौ महिनामा २८.३३ रुपैयाँ मूल्य वृद्धि भई प्रति के.जि एक सय २५ रुपैयाँमा बिक्रि भई रहेको छ ।

सानो लोकल गोलभेडा अघिल्लो महिनामा २२.५० रुपैयाँ के.जि मा कारोबार भएकोमा यो महिना २.५ रुपैयाँले बढेर २५ रुपैयाँ के.जि मा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १ : ४३ बजे