Logo

अर्थ

दोहोरो अंकले घट्यो सेयर बजार



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले ओरालो  लागेको छ । नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ मा पुगेर बजार बन्द भएको छ ।

सोमबार सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।

सोमबार ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९ सय ११ कित्ता सेयर किनबेच हुदाँ ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४ सय २४ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ४ : २७ बजे