Logo

मुख्य समाचार

मन्त्रालयको विशेष प्राथमिकतामा रहेको पेट्रोलमा इथानोल समीश्रणमा सहमत छौ: मन्त्री भण्डारी



काठमाडौं । उद्योग वाणिाज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालयको विशेष प्राथमिकतामा रहेको पेट्रोलमा इथानोल समीश्रण मा सहमत रहेको बताएका छन् ।

सोमाबार नाफिजको आयोजनामा पेट्रोलमा ईथानोल मिश्रण कार्यक्रममा बोल्दै मन्त्री भण्डरीले आफ्नै देशमा स्वदेश कच्चापदार्थ जति उत्पादन गर्न सक्यो त्यति मात्र मा ईथानोलको लागि टेवा पुग्ने बताए । उनले भने “नेपालमा ऊखु किसानले उचित मूल्य नपाएको समाचार सुन्छौ भने अर्को तिर चिनि आयत गर्नु पर्ने अवस्था छ। ईथानोलका लागि कच्चापदार्थ आयत गरेर सम्भव हुदैन ।”

पेट्रोलमा मात्रै हैन खोकिको औषधीमा इथानोल प्रयोग हुने नाडाका कपिल शिवकोटीले बताए । नेपालमा चिनिको भाउ बढि रहेको छ । ऊखु किसान ऊखुको उचित मूल्य नपाएर पलाएन भइ रहेका छन् । यस्तो अवस्थामा यो कतिको सम्भाव होला भन्ने उनले जिज्ञासा राखे ।

उपभोक्त महासंघका अध्यक्ष माधव तिमल्सिनाले भने “हामी इन्डियाले गर्‍यो भन्दैमा गर्नु पर्छ भन्ने पनि छैन र इन्डियाले प्रयोग गरेन भन्दैमा न गर्ने भन्ने हैन ।” देशको आवश्यकता र अवस्था हेरेर अघि बढ्न सके राम्रो हुने उनको बुझाइ रहेको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टका अनुसार, “जुन देशमा पेट्रोल छैन त्यो देशले इथानोल प्रयोग गर्नु पर्ने राम्रो हो ।” नेपालमा पेट्रोल उत्पादन हुँदैन बाह्य देशबाट आयत गर्नु भन्दा पेट्रोलमा इथानोल प्रयोग राम्रो हुने उनले बताए ।

पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोल मिश्रण गर्ने सम्बन्धमा बहस चलिरहेका बेला आयल निगमले १० देखि १५ प्रतिशत मिश्रण गर्न सकिने जनाएको छ । निगमकातर्फबाट कार्यपत्र प्रस्तुत गर्दै केन्द्रिय प्रयोगशाला प्रमुख प्रतिभा महर्जनले २०६० सालमा नै नेपालले आयातित पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेकाले यो सम्भव भएको बताइन् ।

ʻ२०६० मंसिर २९ गतेको नेपाल राजपत्र खण्ड ५३ संख्या ३५ मा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरिएको थियो । त्यस यता बनेका इथानोल मिश्रण सम्बन्धी अध्ययन तथा सिफारिसले पनि सोही नीतिलाई अघि सारेको छ । इथानोल बर्निङ पावरयुक्त तत्व हो । यसले पेट्रोलियम पदार्थको खपत कम गराउन सहयोग पुर्याउछ भने देशबाट बाहिरिने विदेशी मुद्रालाई समेत बचत गराउछʼ महर्जनले भनिन् ।

कार्यपत्र प्रस्तुत गर्दै महर्जनले छिमेकी मुलुक भारत र चीनले समेत १५ देखि ३० प्रतिशतसम्म इथानोल प्रयोगलाई कार्यान्वयन गर्ने नीति बनाएकोमा नेपालले १० प्रतिशतलाई सहजै मिश्रण गर्न सकिने उनले बताइन् ।

इथानोल मिश्रणको सन्दर्भमा अमेरिकामा १० प्रतिशत, ब्राजितलमा २७ प्रतिशत, इन्डियामा १५ प्रतिशत र चीनमा १० प्रतिशत कार्यान्वयनमा रहेको अवस्थामा नेपालले पनि यसमा जान सक्ने उनले बताइन् ।

भारतले सन् २०३० सम्ममा इथानोलको प्रयोग कम्तीमा ३० प्रतिशत पुर्याउनले लक्ष्य राखेको छ । जसका लागि भारत सरकारले इथानोल उत्पादन र ढुवानीका लागि निःशुल्क व्यवस्था गरिएको समेत उनले बताइन् ।

यस्तै, नेपालले पनि वातावरणमैत्री इथानोल उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न सरकारले विशेष नीति लिनुपर्ने उनले बताइन् ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १ : १७ बजे