Logo

मुख्य समाचार

रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु



त्रिवेणी । रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७ को सिमानामा पर्ने रमा खोलाले आइतबार राति रा६प २९६९ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरूको मृत्यु भएको हो ।

साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट–४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट–६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।

घटनाबारे प्रहरीले आज बिहानमात्र जानकारी पाएको हो । महिलाको शव खोलाभन्दा ३०० मिटर तल र पुरुषको शव २० मिटर तल मोटरसाइकलले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ११ : ५३ बजे