Logo

Breaking News 1

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने



काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

त्यसैगरी, बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ६ : ५९ बजे