काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीलाई ठूलो झट्का लागेको छ । निर्वाचन आयोगले खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) बाट ब्याट चिन्ह फिर्ता लिएको छ । पार्टीभित्र निर्वाचन हुन नसकेको भन्दै निर्वाचन आयोगले यस्तो कारबाही गरेको हो । यसअघि पेशावर उच्च अदालतले बिहीबार निर्वाचन आयोगलाई पीटीआईको अन्तरदलीय निर्वाचन र निर्वाचन चिन्हका विषयमा कानुनबमोजिम निर्णय गर्न…