अक्ताउ, कजाकिस्तान । कजाकिस्तानको अक्ताउ सहरमा बुधबार अजरबैजान एयरलाइन्सको एक यात्रुवाहक विमान दुर्घटनामा परेको छ। प्रारम्भिक रिपोर्ट अनुसार, केही हताहतीको सम्भावना रहेको बताइएको छ। स्थानीय अधिकारीहरूका अनुसार, विमानमा ६७ जना यात्रु सवार थिए। विमानको दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट भइसकेको छैन। समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीलाई उद्धृत गर्दै विमान बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै गरेको…