काठमाडौं । पार्किस्तानमा फेब्रुवरी ८ अर्थात् बिहीबार आमचुनाव हुँदैछ । महँगीले आकाश छोएर आर्थिक संकट झेलिरहेका बेला पाकिस्तानी जनता आगामी पाँच वर्षका लागि आफ्नो राजनीतिक भविष्य तय गर्ने तयारीमा छन् । पाकिस्तानको निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । पाकिस्तानमा दुई सदनात्मक संसदीय प्रणाली छ । जसमा राष्ट्रिय सभाका अधिकांश सदस्यहरू जनताद्वारा…