क्वान्झाउ शाओलिन मन्दिर (दक्षिण शाओलिन मन्दिर) चीनमा अवस्थित एक बौद्ध मठ हो । यो मन्दिर फुजियान प्रान्तको क्वान्झाउ शहरको छिङयुआन शानडोङको डोंग्यु माउन्टेनको फेदमा अवस्थित छ ।
क्वान्झाउ शाओलिन मन्दिर चीनको प्रसिद्ध जेन मन्दिर र दक्षिणी शाओलिन मार्शल आर्टको जन्मस्थल मध्ये एक हो । क्वान्झाउ शाओलिन मन्दिर पहिलो पटक ताङ राजवंशमा मास्टर जिकोङद्वारा निर्माण गरिएको थियो, जो ताङ राजवंशको सोंगशान शाओलिन मन्दिरका “तेरह स्टिक भिक्षुहरू” मध्ये एक थिए । क्वान्झाउ शाओलिन मन्दिरले करिब ५०० एकड क्षेत्रफल ओगटेको छ ।
मन्दिरका भवनहरूमा माउन्टेन गेट, तियानवाङ हल, डक्सिओङ हल, गुआनयिन प्याभिलियन, सुत्र प्याभिलियनका साथै पूर्र्वी र पश्चिमी अनुक्रमका धेरै भवनहरू समावेश छन ।
क्वान्झाउ दक्षिणी शाओलिन मार्शल आट्र्समा वुजु क्वान, ताइजु क्वान, व्हाइट क्रेन क्वान, प्लम ब्लसम क्वान र अन्य प्रकारका मार्सल आर्टहरू छन् , र क्वान्झाउको इतिहास र संस्कृतिको महत्वपूर्र्ण भाग हो ।
क्वान्झाउ शाओलिन मन्दिर मार्शल आर्ट संस्कृतिको विरासत स्थल मात्र होइन, क्वान्झोउ र विदेशी प्रवासीहरू बीचको भावनात्मक सम्बन्ध पनि हो । यसको मार्शल आर्ट संस्कृति सामुद्रिक सिल्क रोडको साथमा देश र विदेशमा फैलिएको छ ।
क्वान्झाउ शाओलिन मन्दिर आफ्नो गहिरो ऐतिहासिक र सांस्कृतिक सम्पदा र अद्वितीय मार्शल आर्ट विशेषताहरूको साथ क्वान्झाउको एक महत्वपूर्ण सांस्कृतिक प्रतीक र पर्यटक गन्तव्य बनेको छ ।
प्रतिक्रिया