Logo

ईयूको ‘कालोसूची’बाट हटेन नेपाल

काठमाडौं । युरोपियन युनियन (ईयू)ले हवाई सुरक्षा सूची (कालोसूची)बाट नेपाललाई नहटाउने भएको छ । ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको थियो । ईयूले हरेक ६/६ महिनामा यस्तो सूची अद्यावधिक गर्दै आएको छ । ईयूले पछिल्लोपटक बुधबार नेपाल प्राधिकरणलाई पत्र पठाउँदै यसपटक पनि कालोसूचीबाट हटाउन नसकेको जानकारी गराएको प्राधिकरणले जनाएको छ ।