काठमाडौं । भारतको झारखण्ड राज्यमा फेरि झारखण्ड मुक्ति मोर्चाकै सरकार बन्ने भएको छ । भ्रष्टाचारको आरोप लागेपछि तत्कालिन मुख्यमन्त्री हेमन्त सोरेनले बुधबार राति पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि कांग्रेस–झारखण्ड मुक्ति मोर्चा गठबन्धनले मोर्चाकै नेता चम्पाई सोरेनलाई नयाँ मुख्यमन्त्रीका लागि अघि सारेको थियो । बहुमत विधायकहरूको समर्थन देखाएपछि राज्यपाल सीपी राधाकृष्णनले सोरेनलाई नयाँ सरकार…