काठमाडौं । फ्रान्समा सरकारले ल्याएको बजेट कटौती योजनाविरुद्ध बिहीबार देशव्यापी हडताल र प्रदर्शन भएको छ। ट्रेड युनियनहरूको आह्वानमा पेरिस, लियोन, नान्टेस, मार्सेइ, बोर्डो, टुलुज र काएनसहित प्रमुख सहरहरूमा लाखौँ मानिस सडकमा उत्रिएका छन्। सरकारी तथ्यांकअनुसार पाँच लाखभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भए पनि युनियनहरूले संख्या दश लाख नाघेको दाबी गरेका छन्। देशभर सुरक्षा कडा पार्दै…