काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आज बिहानै बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा उनी बेइजिङ पुगेका हुन् । हालै राष्ट्रपतिमा फेरि चुनिएपछि पुटिनको यो पहिलो विदेश भ्रमण हो । युक्रेनसँगको युद्धमा होमिएको रुस कमजोर हुँदै गएको अर्थतन्त्र र सामरिक सहायताका लागि बेइजिङसँग परामर्शमा रहेको छ । पुटिन मार्चमा पुनः राष्ट्रपतिमा निर्वाचित…