काठमाडौं । मुम्बईबाट पश्चिम वंगालको दुर्गापुरका लागि उडेको स्पाइस जेट 'बोइङ बी ७३७' विमानले अवतरणको क्रममा ठूलो आँधीको सामना गरेको छ । आँधीबीच पनि चालकले विमानलाई सुरक्षित अवतरण गराएका थिए । आकस्मिक अवतरणका क्रममा कम्तीमा १४ जना यात्रु र चालक दलका ३ सदस्य घाइते भएका भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । दुर्गापुरस्थित काजी नजरूल…