सिड्नी । अस्ट्रेलियाले करिब २० महिनापछि आफ्नो अन्तर्राष्ट्रिय सिमाना खोल्ने निर्णय गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सोमबार पत्रकार सम्मेलन गर्दै योग्य अन्तर्राष्ट्रिय विद्यार्थीसहित दक्ष कामदारलाई डिसेम्बर १ देखि प्रवेश अनुमति दिइने बताएका हुन् ।अस्ट्रेलियाको खोप लगाउन योग्य जनसंख्याको ८५ प्रतिशतले पूर्ण मात्रामा खोप लगाइसकेपछि प्रधानमन्त्रीको यो निर्णय आएको हो । विद्यार्थीसहित अन्य विदेशीका लागि सीमाना खुला गरिएसँगै…