काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन शनिबार युद्वग्रस्त मुलुक युक्रेन पुगेका छन् । जोन्सन सुटुक्क युक्रेनी राजधानी कीभ पुगेका हुन् । युक्रेनी जनताप्रति ऐक्यवद्धता जनाउन जोन्सन कीभ पुग्नुभएको बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ । कीभ पुगेर जोन्सनले युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेको तस्विर त्यहाँस्थित बेलायती दूतावासले सार्वजनिक गरेपछि जोन्सनको भ्रमण सार्वजनिक भएको हो ।…