कम्पाला । अफ्रिकी देश युगान्डामा ३६ जनामा इबोला संक्रमणका घटना देखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । गत साता प्रकोप फैलिएको घोषणा गरेपछि ३६ जनामध्ये १८ जनामा संक्रमण पुष्टि भएको र बाँकी १८ जनामा संभावित संक्रमण देखिएको डब्लूूएचओको भनाइ छ । मध्य युुगान्डाका तीन जिल्लाहरुमा मृत्युु भएका २३ जनामध्ये पाँच जनामा संक्रमण पुुष्टि…