काठमाडौं । दक्षिणी युक्रेनमा सेनाको ब्यारेकमा भएको हमलामा १०० जनाको हताहत भएको अनुमान गरिएको छ । युक्रेनको दक्षिणी माइकोलिभ शहरस्थित ब्यारेकमा भएको रुसी हमलामा १०० को हताहत भएको हुनसक्ने अधिकारीहरुलाई उदृत गर्दै एएफपीले जनाएको छ । विवरणहरु अनुसार ६ वटा रकेट सो क्षेत्रमा प्रहार भएका थिए । ‘एउटा विशाल बिस्फोट’, एक स्थानीय निकोलाईले एएफपीलाई भने…