Logo

विश्व

प्रख्यात स्पेनी लेखक जेभियरको निधन



म्याड्रिड । अवार्ड विजेता स्पेनिस लेखक जेभियर मारियासको ७० वर्षको उमेरमा आइतबार निधन भएको उनको प्रकाशक अल्फागुआराले जनाएको छ । एक महिनादेखि निमोनियासँग लडिरहेका मारियासले सन् २००२ देखि २००७ सम्म प्रकाशित भएको ‘योर फेस टुमोरो’ ट्रायलजी सहित १६ पुस्तकहरू लेखेका थिए ।

उनको मृत्युमा स्पेनका प्रधानमन्त्री पेड्रो स्यान्चेजले गहिरो दु:ख व्यक्त गरेका छन् । प्रधानमन्त्री सान्चेजले ट्वीट गर्दै भनेका छन्, ‘स्पेनिश अक्षरहरूका लागि दुखद दिन। जेभियर मारियासले हामीलाई छोडे । उनी हाम्रो समयका महान लेखकमध्ये एक थिए ।’

अल्फागुआराको वेबसाइटका अनुसार उनका पुस्तकहरू ५६ देशमा प्रकाशित भइसकेका छन् । उनका पुस्तक ४६ विभिन्न भाषाहरूमा करिब ९० लाख प्रति बिक्री भएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ८ : ५६ बजे