मनिला । फिलिपिन्समा ज्वालामुखी बिष्फोटले आपतकालिन घोषणा गर्दै हजारौंलाई अन्यत्र सारिएको छ । फिलिपिन्सको उत्तरपूर्वी अल्बे प्रान्तमा रहेको मेयोन ज्वालामुखी क्रेटरबाट ६ हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो । अधिकारीहरुका अनुसार आउने ज्वालामुखी बिष्फोट पछि हुने धुलाेँकाे मुस्लाेले मानिसहरुलाई खतरा निम्त्याउन सक्ने भएकाले खतरा क्षेत्रबाट थप हजारौं मानिसलाई स्थायी रुपमा बाहिर निकाल्नु पर्ने हुन…