इस्लामबाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्रमा मंगलबार ९ सय फिटको उचाइमा फसेका आठजनाको अबेर राति उद्धार गरिएको छ । पाकिस्तानी सेना र स्थानीयवासीले ठूलो साहस देखाएर सबैलाई बचाएका छन । पाकिस्तानी सेनाले अन्धकारका कारण हवाई उद्धार कार्य स्थगित गरी चेयर लिफ्टमा फसेका अरुको उद्धारका लागि स्थलगत अभियान सुरु गरेको थियो । खैबर पख्तुनख्वाको बट्टाग्राम…