Logo

विश्व

स्विटजरल्याण्डमा बुर्का लगाउन प्रतिबन्ध


५ आश्विन २०८०, शुक्रबार  

0
Shares

जेनेभा । इरानमा हिजाब नलगाउने महिलामाथि कारबाही गर्ने बिधेयक पारित गरिरहेको बेला युरोपवाट अर्को समाचार आएको छ ।स्वीट्जरल्याण्डको संसदले हालै अनुहार छोप्ने बुर्का लगाउन प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ ।

समाचार अनुसार विधेयकको पक्षमा १५१ र विपक्षमा २९ मत परेको थियो । स्वीस संसदको माथिल्लो सदनले यसअघि नै यो विधेयकलाई अनुमोदन गरिसकेको छ । नियम उल्लंघन गरे ९२ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ८ : ५६ बजे