नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज हुने विश्वकप क्रिकेटको फाइनलमा सहभागी हुने भएका छन् ।प्रधानमन्त्री मोदी आज साँझ अहमदाबाद पुग्नेछन् । उनी अहमदाबाद क्रिकेट स्टेडियम पुगेर भारत र अष्ट्रेलियाबीचको विश्वकप फाइनलको मजा लिनेछन् । यस अवधिमा दुई–तीन राज्यका मुख्यमन्त्रीको पनि उपस्थिति रहनेछ । प्रधानमन्त्री मोदीको आजको गुजरात भ्रमणको पूर्ण तालिका सार्वजनिक भएको छ ।…