काठमाडौं । ‘‘भगवानले मानिस बनायो कि मानिसले भगवान? भगवानले मानिसलाई बनाएको मान्ने हो भने त एउटा बृहत्तम दार्शनिक बहस यत्तिकै टुंगिइहाल्यो किनकि भगवानको सृष्टिमा सबै प्रश्नको जवाफ पनि उनैसँग हुन्छ, मानिससँग खासै हुँदैन । तर मानिसले भगवान बनाएका मान्ने हो भने मानव सभ्यताको विकास हुँदै गर्दा राजनीतिसित आस्था कसरी जोडियो भन्नेमा एउटा गम्भीर खोजीनीति हुन सक्छ…