Logo

वचन पूरा गरि कोकोहाको पानी धरान ल्याएपछि हर्षले भक्कानिए मेयर साम्पाङ


काठमाडौं । धरान उपमहानगरका मेयर हर्कराज साम्पाङले आफ्नो वचन पूरा गरेका छन् । कोकोहाको पानी धरानमा नल्याएसम्म धरान आउदिनँ भनेर सार्वजनिक रुपमा वचनबद्धता गरेका मेयर साम्पाङ अन्ततः आफ्नो वचन पूरा गरेर मात्रै धरान आएका छन् । उनी तीन दिनदेखि फिल्डमै व्यस्त रहेका थिए ।

करिब ४० किलोमिटर दूरी पार गरेर कोकाहाको पानी आज (मंगलबार) मध्यराति १२ बजेर ३ मिनेटमा माया धराने साबुन उद्योग निर्माणस्थलको केही उत्तरमा पर्ने पकुवा खोलामा वास–आउट पोइन्टमा झार्न सफल भएका हुन् । धरानमा पानी खसालेपछि टिकटिकमा उक्त भिडिओ समेत धेरैले हेरेका छन् ।

श्रमदान अभियानमार्फत पाँच इन्चे पाइपमार्फत कोकाहाको पानी ल्याउन सफल भएपछि मेयर भावुक बनेको अनि रोएको भिडिओ भाइरल भएको छ । उनले सो क्रममा स्वदेश र विदेशका दाता, संघ/संस्था, श्रम अभियानमा संलग्नहरूलाई हार्दिक आभार व्यक्त गरे ।

 

@harkarajrai56

अथक प्रयासपछिको सफलता ! हर्षसँगै भावुक त हुने नै भयो यो मन ! जय श्रमदान ! जय श्रमदाता ! जय धरान !#harkasampang #mayor #dharan

♬ original sound – Harka Sampang A Revolution – Harka Sampang A Revolution