काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग ( एनपिएल )को प्लेअफ समिकरण पूरा भएको हो । सोमबार एनपिएलको लिग चरणको खेलको समाप्तीसँगै प्लेअफ समिकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा सोमबार सुदूरले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समिकरण तय भएको हो । कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम रोयाल्सले शीर्ष स्थानमा पुगेको छ ।…