काठमाडौं – भारत, नेपाल र इरान सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा नेपालले भारतविरुद्धको पहिलो हाफमा १–० को अग्रता हासिल गरेको छ। भारतको सिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा सोमबार भएको खेलमा नेपालका कप्तान सावित्रा भण्डारीले दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। उनले रक्षक विमला विकको पासमा प्राप्त बललाई पोस्टको बायाँ ‘टप कर्नर’मा पठाउँदै शानदार गोल…