हेटौडा । बुधबारदेखि मकवानपुरको हेटौडामा सुरु भएको एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब, काठमाडौंले उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ । हेटौडा–६, गौरीटार रंगशालामा भएको पहिलो खेलमा चित्लाङले देउराली युथ क्लब, धनकुटालाई एकतर्फी प्रदर्शनसहित ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो । चित्लाङका लागि चन्दन दास, इशान सुब्बा, विज्ञान खड्का…