काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक गरिने भएको छ । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी मंगलबार सगरमाथाको आधार शिविर र गोक्यो तालमा प्रदर्शनी गरिने तालिका रहेपनि खराव मौसमका कारण प्रदर्शनी रोकिएको थियो । आज ट्रफीलाई पुन: सगरमाथा र गोक्यो पुर्याइने क्यानले जनाएको छ । अष्ट्रेलियामा आयोजना हुने विश्वकप क्रिकेटको…