काठमाडौं । क्यानाडासँगको एकदिवसीय श्रृंखला लागि भ्रमणमा रहेको नेपालले अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको छ । शुक्रबार राति नेपालले दिएको २२१ रनको लक्ष्य पछ्याएको ओन्टारियो ४२ ओभर ५ बलमा सवै विकेट गुमाउदै १५१ रनमा समेटियो । ओन्टारियोका रियाजखान पठानले सर्वाधिक ३६ रन बनाए । यस्तै, कप्तान नरेश बुढाऐरले २९, निकोलस मनोहरले…