काठमाडौै । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट र भारोत्तोलन खेलाडी कमल अधिकारी सम्मानित भएका छन् । शुक्रबार काठमाडौंको एक पार्टी प्यालेसमा अन्जनलाई छत्रबहादुर थापा स्मृति स्ट्रस्ट र कमललाई शिव विष्णु स्मृति स्ट्रस्टले सम्मान गरेको हो । दुबै खेलाडीलाई प्रधानसेनापति प्रभुराम शर्माले सम्मान गरेका थिए । सम्मानित दुबै खेलाडीले नगद जनही ५० हजार प्राप्त गरे ।…