काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ विश्वकपमा छनोट भएको टिमलाई जनही एक लाख रुपैयाँ दिने भएको छ । नेपाली युवा टिमले बिहीबार आयोजक युनाइटेड अरब इमिरेट्स (यूएई)माथि सात रनको विजय हासिल गर्दै श्रीलंकामा हुने २०२४ को आईसीसी यू–१९ विश्वकपमा स्थान पक्का गरेको थियो । नेपाल आठौँ पटक यू–१९ विश्वकपमा छनोट भएको हो ।…