Logo

खेलकुद

‘ए’ डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै



काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुईवटा खेल रंगशालामा हुनेछ भने च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछ ।

च्यासल मैदान, ललितपुरमा हुने पहिलो खेलमा खुमलटार र बिभागिय टोली एपीएफ फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुख खेल ३ बजेवाट सुरु हुनेछ ।

उता, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको बिचको खेल पनि ३ बजेवाट नै सुरु हुनेछ । जुन खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज र थ्रि–स्टार क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेवाट सुरु हुनेछ ।  रंगशालामा हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । जुन खेलमा सातदोबाटो र जावालाखेल युथ क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ७ : ४८ बजे