Logo

खेलकुद

‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै



काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार च्यासल खेल मैदानमा ललितपुरमा एउटा तथा दशरथ रंगशालामा दुईवटा खेल हुँदैछन् ।

जसअनुसार च्यासल मैदानमा हुने खेलमा मनाङ मस्र्याङदी र न्युरोड टिम बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।

जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । रंगशालमा दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । जुन खेलमा संकटा र फ्रेन्डस क्लब आमुने सामुने रहनेछ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ८ : ४० बजे