पोखरा । हिसान गण्डकीको आयोजनामा फागुनमा पहिलो फुटसल प्रतियोगिता हुने भएको छ । फागुनमा प्रदेशभरका जिल्लाका खेलाडीबीच फुटसल प्रतियोगिता गर्न लागिएकाे हो । त्यसका लागि कास्कीको छनोट माघको ६ देखि ८ गतेसम्म हुनेछ । हिसान गण्डकीको सदस्य विद्यालयबीच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउने अध्यक्ष यामबहादुर रोकाले जानकारी दिए । उनका अनुसार…