नेपालगन्ज । प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करणको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । सर्वाधिक पुरस्कार राशिको मोफसलको सो प्रतियोगितामा नेपाल–भारतका विभिन्न सात टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । बुधबार नेपालगन्ज रंगशालास्थित सचिवालयमा आयोजित पत्रकार भेटघाटमा पिएमकपका संस्थापक अध्यक्ष टीएस ठकुरीले प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिए । उनले यसपटकको…