Logo

क्यानको सचिवमा पारस खड्का निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को चुनावी साधारणसभाबाट सचिवमा नेपाली क्रिकेट राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् । शनिबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा भएको निर्वाचनमा पारसले जितका लागि आवश्यक ४३ मत ल्याउँदै निर्वाचित भएका हुन् । पारसका प्रतिद्वन्दी प्रशान्तविक्रम मल्लले ३२ मत ल्याए ।