Logo

Breaking News 1

भारतले जित्यो एसिया कपको उपाधि, श्रीलंका १० विकेटले पराजित



काठमाडौं । १६ औं संस्करणको एसिया कपको उपाधि भारतले जितेको छ ।

श्रीलंकाले दिएको ५० रनको लक्ष्य भारतले ६ दशमलव १ ओभरमा पुरा गर्दै उपाधि कब्जा गरेको हो । श्रीलंका भारतसँग १० विकेटले पराजित भएको हो । भारतका तीव्र गतिका बलर मोहम्मद शिराज एक्लैले ६ विकेट लिएपछि श्रीलंका ५० रनमा समेटिएको थियो ।

शिराजलाई हार्दिक पाण्डेयले साथ दिँदै ३ विकेट लिएका थिए । एक विकेट जसप्रित बुमराहले लिए । जवाफी ब्याटिङमा उत्रिएको भारतले ६.१ ओभरमा श्रीलंकाले दिएको ५१ रनको लक्ष्य पूरा गर्दै उपाधि जितेको हो । भारतका लागि शुभमन गिलले २७ तथा ईशान किशनले २३ रन जोडे।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ६ : ३० बजे