काठमाडौँ । एकदीवसीय विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तान ८१ रनले विजयी भएको छ । भारतको हैदरावादमा भएको खेलमा पाकिस्तानले नेदरल्याण्डलाई पराजित गरेको हो । जितका लागि २८७ रनको लक्ष्य पाएको नेदरल्याण्डले ४१ ओभरमा अलआउट हुँदै २०५ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ४९ ओभरमा अलआउट हुँदै २८६ रन बनाएको थियो…