विराटनगर। मोरङको विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–५ का २७ वर्षीय थापा बिहीबार बिहान दुर्घटनामा परेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर–४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना…