काठमाडौं । पहिलो संस्करणको नेपाल भलिबल लिग एनभिएलको टिम सगरमाथा स्म्यासर्सले मुख्य प्रायोजकको स्थानमा कुनै व्यावसायिक संस्था नराखी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्युआर राखेको छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको ठुलो जनधनको क्षतिपछि खेलकुद क्षेत्रका थुप्रै सङ्घसंस्थाले आ—आफ्नो ठाउँबाट सहयोग गरिरहेको भन्दै सगरमाथाले आफूले पनि बाढी पीडितको उद्धार तथा राहतमा ऐक्यबद्धता…