काठमाडौं । एएफसी च्याम्पियन्स लिगमा अल हिलालले सेमिफाइनलमा स्थान बनाएको छ । साउदी क्लब अल हिलालले घरेलु प्रतिद्वन्द्वी अल इथियाडलाई २–० गोल अन्तरले पराजित गरेको हो । पहिलो लेगमा पनि २–० को जित निकालेको अल हिलालले दोस्रो लेगको नतिजासँगै ४–० को जितका साथ अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो । पहिलो हाफ गोलरहित बराबरीमा…