Logo

पावर प्लेमा सुदूरपश्चिम रोयल्सको कमजोर सुरुआत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो पावर प्लेमा कमजोर सुरुआत गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले पहिलो ६ ओभरमा २७ रनमा दुई विकेट गुमायो। इनिङको पहिलो बलमै ओपनर जस ब्रोन शून्यमै आउट भए। त्यसपछि ४.४ ओभरमा अर्को ओपनर विनोद भण्डारी ११ रनमा पभेलियन फर्किए।…